Home 2022-04-04T11:01:29+00:00

JANABAL SAVING & CREDIT CO-OPREATIVE SOCIETY LTD.


नेपाल सरकारले जनसमक्ष ल्याएको सहकारी अभियानलाई मूर्तरुप दिन र सदस्यहरुलाई बचत गर्ने
बानी बसाली संकलित पूँजीबाट नेपाल सरकारको उदार र खुला आर्थिक नीतिका कारण बढ्दै गएको
औद्योगिक विकासमा सहकारी क्षेत्रको सहभागिता मार्फत टेवा पु¥याउने उद्देश्यबाट अभिप्रेरित भई
यस जनबल बचत तथा ऋण सहकारी संस्था लि. तत्कालिन सहकारी ऐन २०४८ बमोजिम २०६९
साल भाद्र ०६ गते सहकारी बिभाग, डिभिजन सहकारी कार्यालय काठमाण्डौमा दर्ता नं. ४०३५
मा दर्ता भई २०६९ साल आश्विन २० गते देखि सदस्य महानुभावहरु माझ विधिवत आफ्नो कार्यारम्भ गरेको हो  ।  संस्थाले हाल काठमाण्डौ जिल्ला कार्यक्षेत्र कायम गरि सेवा प्रदान गर्दै आएको छ । संस्थाले काठमाण्डौको चाबहिल र सामाखुशीबाट समेत सदस्य सेवा केन्द्र मार्फत थप सेवा सुविधा दिदैआएकोछ । संस्थाबाट सदस्यहरुलाई बचत तथा ऋणको अतिरिक्त विभिन्न विप्रेष कम्पनिहरुको सहकार्यमा आन्तरिक तथा बाह्य रेमिटान्स सेवा सुविधा समेतको व्यवस्था गरिएको छ समाजमा छरिएर रहेको रकमलाई बचत गर्न प्रोत्साहित गर्दै सहरी गरिवीको भयावह अवस्थालाई लगानीको माध्यमबाट केहि मात्रामा भएपनि योगदान गर्ने उद्देश्यका साथ  जनबल बचत तथा ऋण सहकारी लिमिटेड स्थापना गरिएको हो । सहकारीको सर्बमान्य सिद्धान्त,मूल्य र मान्यतालाई शिरोपर गर्दै बिभिन्न पेशा ब्यवसायमा आवद्ध भएका तथा पेशा व्यवसाय गरि आत्मनिर्भर हुन चाहने ब्यक्ति एंव समुदायहरुलाई ऐक्यवद्ध गर्दै, स्वावलम्बी अर्थतन्त्र निर्माणका लागि योगदानगर्नु तथा समुदायका सवै बर्ग, उमेर र पेशाका व्यक्तिहरुलाई शुरक्षित भविश्यका लागि नियमित रुपले बचत गर्ने बानीको बिकास गर्दै लैजानु यस संस्थाको अन्तरनिहित उद्देश्यरहेको छ । सदस्यहरूलाई दिने प्रतिफल लगायत संस्थागत सुशासनमा हामी सदा सर्वदा प्रतिबद्ध रहेका छौं।

MESSAGE FROM MD


हाम्रो वेवसाइटमा यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं ।
आज सम्म आउदा हामीमा आत्मविश्वास बढाउने र निरन्तर सहयोग गर्नुहुने यहाँहरु जस्तै वेवसाइट भिजिर्टसहरु, विभिन्न संघ संस्था, शुभचिन्तक तथा शेयर सदस्यहरुप्रति हामी आभारी छौं । हामीले संस्थाको वर्तमान अवस्था, भविष्यका सम्भावना र चुनौतीहरुलाई समेत दृष्टिगत गरी दैनिक कार्य संचालनलाई प्रभावकारी रूपमा अगाडी बढाउनको निमित्त बनेका विभिन्न किसिमका विनियमावलीहरु र कार्यविधिहरु यथासक्य लागु गरी संस्थागत सुशासनलाई उच्च प्राथमिकता दिएका छौं । तत्कालिन, अल्पकालीन र दिर्घकालीन कार्य योजना अनुसार वार्षिक कार्यक्रम तथा बजेट बनाई सोही बमोजिम अगाडी बढ्नु हाम्रो प्रमुख विशेषता हो । देशको प्रतिकुल अर्थतन्त्र र राजनीतिक अस्थीरताको बाबजुद पनि हामीले आफ्नो दक्षता र क्षमताको अधिकतम प्रयोग गरी संस्थाको व्यवसायिक क्षमतालाई थप प्रबद्र्धन गरेका छौं । यहाँहरुको प्रत्यक्ष अप्रत्यक्ष सहयोगहरु हाम्रो इतिहासमा स्वर्ण अक्षरले लेखिनेछन । आगामी दिनहरुमा पनि यहाँहरुको निरन्तर माया र सहयोग पाइरहने अपेक्षा गरिरहेका छौं । हामी यहाँहरुलाई अझै गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दछौ ।

NEWS/NOTICE


सहकारीले भित्ते पात्रो प्रकाशन गर्न अनिवार्य स्वीकृती लिनुपर्ने

काठमाडौं : सहकारी संघ/संस्थाले वि.सं. २०७९ सालको भित्ते पात्रो (क्यालेण्डर) प्रकाशन गर्न अनिवार्य स्वीकृती लिनुपर्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृती लिएपछि मात्रै पात्रो प्रकाशन पाउने र मूल्य समेत निर्धारण गरिएको छ ।

सहकारी संस्थामा आवद्ध सदस्यहरुको जिम्मेवारी !

१) समयमा नियमित बचत बुझाउने । २) आफूलाई आवश्यक ऋण संस्थाबाट लिने । ३) समयमा ऋणको ब्याज तथा साँवा बुझाउने । ४) संस्थाको प्रत्येक साधारण सभामा सहभागी हुने । ५) संस्थाको निर्वाचनमा स्वच्छ भावनाले सहभागी हुने । ६) संस्थाबाट उपलब्ध गराईएका

OUR REMITTANCE